भारत प्रवासमा रहेर पनि नेपालीपन, मौलिकता, संस्कृति र चाडपर्वको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले “सहयोगात्मक गौरा पर्व सांस्कृतिक कार्यक्रम २०८२” आर.आर. नगर, बेङ्गलोरमा आयोजना हुने भएको छ।
गौरा पर्वलाई केवल धार्मिक श्रद्धा र सामाजिक संस्कारको पर्व मात्र नभई एकता, सामूहिकता र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा प्रवासी नेपाली समुदायले मनाउँदै आएका छन्। यसै धरोहरलाई निरन्तरता दिने हेतुले यस पटकको कार्यक्रम विशेष भव्यताका साथ सम्पन्न गर्न लागिएको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति, नृत्य–संगीतसँगै चर्चित कलाकार सौगात ओझाज्यूले विशेष प्रस्तुति दिने भएका छन्। साथै, कार्यक्रमलाई अझ सशक्त बनाउन प्रवासी नेपाली समुदायको सामूहिक सहभागिता अपेक्षित गरिएको छ।
यस अवसरमा सामाजिक अभियन्ता जनेश्वर जोशी प्रमुख अतिथि रहनेछन् भने विशिष्ट अतिथि जे. बी. चन्द रहनेछन्। कार्यक्रमको पहलकर्ता दिनेश जोरा रहेका छन्।
📅 मिति: २०७९ भाद्र २१ गते / 07 September 2025
🕐 समय: दिउँसो १:०० बजेदेखि साँझ ६:३० बजेसम्म
📍 स्थान: Munivenkataiah Ranga Mandira,
Javarandoddi, Rajarajeshwari Nagar,
Bengaluru, Karnataka 560098
👉 थप जानकारीका लागि सम्पर्क:
• दिनेश जोरा: +91 89046 27925
• मंगल गुरुधामी: +91 87928 65682
• केशब बलायर: +91 80890 57955
• टीका महरा: +91 63663 35771
आयोजक समितिले “धर्म, संस्कृति र पहिचान जोगाउन सामूहिक सहभागिता नै हाम्रो शक्ति हो” भन्ने सन्देश दिँदै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रण गरेको छ।