बझाङ — बझाङमा विकासको गति सुस्त र राजनीतिक नेतृत्वका कारण सिर्जित अवरोधबारे बढ्दो बहसबीच सामाजिक अभियन्ता जनेश्वर जोशीले जनताले गर्ने नेतृत्व चयन नै जिल्लाको भविष्य निर्धारण गर्ने मुख्य आधार भएको बताएका छन्।
कामको सिलसिलामा भारतका बेङ्लोरमा बसोबास गर्दै आएका जोशी प्रवासमै रहेर पनि आफ्नो गाउँ–ठाउँ, जिल्ला र समग्र देशकै विकासका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका व्यक्तित्व हुन्।
प्रवासी नेपाली दाजुभाइ–दिदीबहिनीको हकहितका लागि सक्रिय रूपमा काम गर्दै आएका उनी नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य समेत रहेर सार्वजनिक सरोकारका विषयमा निरन्तर हस्तक्षेप गर्ने सामाजिक अभियन्ताको रूपमा पहिचान बनाएका छन्।
जोशीका अनुसार—
“समग्र बझाङको विकास सही नेतृत्व छानिएर अघि बढे मात्र सम्भव छ। गलत निर्णयले दशकौँपछि पुग्ने फाइदा अहिले नै हराउँछ।”
भ्रष्टाचार, पहुँचवाद र दीर्घकालीन योजना अभाव मुख्य चुनौती बिसयमा बझाङमा विकास अवरुद्ध हुनुका मुख्य कारणहरू— बारे जोशी भन्नुहुन्छ
ठेक्का–कमिसनको जालो,
पहुँचवादी राजनीति,
लक्ष्यहीन नेतृत्व,
दीर्घकालीन योजनाको अभाव,
जस्ता समस्या रहेको उल्लेख गर्दै अब जनता स्वतः सचेत भएर विवेकपूर्ण निर्णय गर्नुपर्ने बताए।
उनले भने,
“जनताले पार्टी होइन, क्षमता, निष्ठा र दायित्व पूरा गर्न सक्ने नेतृत्व पहिचान गर्नुपर्छ।”
प्रवासी माटोबाट उठेको आवाज : युवाको सहभागिता निर्णायक
बेङ्लोरमा रहेका जोशीले प्रवासको माटोबाट नै बझाङका युवाहरूलाई राजनीतिक परिवर्तनतर्फ उन्मुख हुन आह्वान गर्दै भने—
“युवा पुस्ताले तथ्य, तर्क र सत्यको आधारमा सही नेतृत्व चयन गरे बझाङको भविष्य सुरक्षित हुन्छ। परिवर्तन चाहने हो भने सहभागिता अनिवार्य छ।”
दीर्घकालीन विकासका लागि भ्रष्टाचारविरुद्ध कठोर संवेदनशीलता आवश्यक रहेको बताउँदै जोशीले जनतालाई अब पुराना चलन–चल्तीका भ्रष्ट अभ्यासलाई अस्वीकार गर्न आग्रह गरे।
उनका अनुसार—
“विश्वासिलो, जिम्मेवार र पारदर्शी नेतृत्व बिना बझाङको विकास केवल नारा बन्नेछ।”
जोशीले प्रस्तुत गरेको धारणा स्पष्ट छ—
बझाङ अहिले विकास वा अविकासको मोडमा उभिएको छ।
जनताको एक सही निर्णयले बझाङको अर्को दशकको दिशा, गति र अभिवृद्धि निर्धारण गर्नेछ।