
२०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तथा फागुन १९ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेस बझाङले सिफारिस गरिएको उम्मेदवार सूची सार्वजनिक गरेको छ।
नेपाली कांग्रेस बझाङका जिल्ला कार्यसमिति सचिव झलक बहादुर कठायतले जारी गरेको विज्ञप्तिअनुसार, जिल्लाका सबै पालिका, वडा र संगठनहरूबाट प्राप्त सुझावका आधारमा सर्वसम्मत रूपमा उम्मेदवारहरूको नाम सिफारिस गरिएको उल्लेख छ।
राष्ट्रिय सभा सदस्यका सिफारिसित उम्मेदवार:
1. अञ्जनजुङ बहादुर सिंह
2. नन्दबहादुर जोशी
3. सि.मि. मल्ल (चन्द्र विक्रम मल्ल)
प्रतिनिधिसभा प्रत्यक्ष तर्फ सिफारिसित उम्मेदवार:
1. डा. सुभाष मल्ल
2. नेत्र बहादुर सिंह
3. सत्यराज भण्डारी
4. जनक प्रसाद जोशी
5. प्रकाश साईँली नेही
6. अभिषेक बहादुर सिंह
7. दिपेन्द्र राज जोशी
8. डा. छत्रराज जोशी
9. केदारराज जोशी
10. नारायण प्रसाद हमाल
प्रतिनिधिसभा समानुपातिक तर्फ सिफारिस:
अपाङ्गता (दृष्टिबिहीन) क्षेत्र:
• मुकुन्दा धामी
समाजिक समूह — महिला:
• जसरा देवी जोशी
• शान्ति कुमारी बोहरा (पुजारा)
• शान्ति कुमारी महत (पिठ्युँघाइ क्षेत्र महिला)
समाजिक समूह — दलित:
• मनिला ताम्राकार
• रोमा बि.सी.
• सुन्दर बहादुर नेही
खस आर्य — खुला:
• प्रेम बहादुर धामी
• रमेश कुमार बम
जिल्ला समितिले सिफारिस गरेका नामहरू अन्तिम निर्णयका लागि पार्टी केन्द्रमा पठाइएको नेपाली कांग्रेस बझाङले जनाएको छ।