सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनको तालिका सार्वजनिक
धनगढी, साउन ८ — सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि २०८२ सालको औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ। विश्वविद्यालयको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार साउन २ गतेबाट निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुने भएको हो।
निर्वाचनको पहिलो चरण अन्तर्गत साउन २ गते साँझ ३ बजेसम्म संघ/संगठन दर्ता गरिनेछ। त्यसपछिको दिन साउन ३ गते बेलुका ४ बजेसम्म मतदाता सूची सार्वजनिक गरिनेछ। सूचीमा देखिएका त्रुटिहरू सच्याउन साउन ५ गते बेलुका ४ बजेसम्मको समय दिइएको छ।
उम्मेदवारी दर्ता र नामावली प्रकाशन
उम्मेदवार मनोनयन पत्र वितरण साउन ७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ। मनोनयन पत्र दर्ता पनि सोही दिन दिउँसो ३ बजेसम्म गर्न सकिनेछ।
सम्बन्धित नामावली साउन ८ गते बेलुका ५ बजे सार्वजनिक हुनेछ। त्यसपछि उम्मेदवारविरुद्ध विरोध निवेदन दर्ता गर्न साउन ९ गते बिहान ११ बजेसम्म समय दिइएको छ। विरोध निवेदन उपर निर्णय गरी साउन ९ गते दिउँसो २ बजे अन्तिम नामावली प्रकाशित गरिने छ।
अन्तिम उम्मेदवार नाम फिर्ता र मतदान
दुर्इपक्षीय उम्मेदवारले नाम फिर्ता लिन सक्ने अन्तिम समय साउन १० गते बेलुका ४ बजेसम्म हुनेछ भने सोही दिन बेलुका ५ बजे अन्तिम नामावली सार्वजनिक गरिने छ।
निर्वाचनको मुख्य दिन साउन १४ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुनेछ।
विशेष जानकारी
निर्वाचन प्रयोजनका लागि संघ/संगठन दर्ता गर्ने अन्तिम मिति साउन २ गते दिउँसो ३ बजेसम्म हुनेछ।