
बझाङ बुगल नपा मेयरमाथि घुस आरोपको हल्ला: वास्तविकता ‘रिन–लेनदेन’, गोपाल धामीले फेसबुकमा दिए स्पष्टिकरण
बझाङ, बुगल —
बझाङको बुगल नगरपालिकाका मेयर जय बहादुर धामीमाथि “चरेस मुद्दा मिलाइदिन्छु” भन्दै एक लाख रुपैयाँ घुस लिएको भन्ने झूटा प्रचार पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक बनेको छ। तर, घटनाको वास्तविकता त्यो प्रचारभन्दा निकै फरक रहेको पुष्टि भएको छ।
घटना के हो?
आरोप लगाउने व्यक्ति गोपाल धामी हुन्। प्रारम्भिक विवरण अनुसार, गोपाल धामीले मेयरसँग भएको एक लाख रुपैयाँको लेनदेनलाई लिएर सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए। उनीद्वारा गरिएको उक्त पोस्टमा घुससँग जोडिएको आशय व्यक्त भए पनि त्यो आरोप सत्य नभएको अहिले खुलेको छ।
गोपाल धामीको फेसबुकमा खुलासा: “घुस होइन, लेनदेन थियो”
आफ्नै प्रारम्भिक पोस्टपछि विवाद बढ्दै गएपछि गोपाल धामीले पुनः फेसबुकमार्फत स्थिति स्पष्ट पारेका छन्।
उनले भनेका छन्:
“यो घुस वा कुनै चरेस मुद्दा मिलाउने रकम होइन, हाम्रो व्यक्तिगत लेनदेनको विषय थियो। मैले केही आक्रोशका साथ पोस्ट गरेको हुँ, तर अहिले म सबैलाई स्पष्ट पार्न चाहन्छु कि यो भ्रष्टाचारको मुद्दा होइन। कृपया यसलाई प्रचारबाजी नगर्नुहोस्, नबुझी केही नबोल्नुहोस्।”
news24 khabar सङ्ग कुरा गर्दै मेयर जय बहादुर धामीको भनाइ: “बदनाम गर्न सुनियोजित हल्ला”
मेयर धामीले आफूमाथि गरिएको प्रचारलाई सुनियोजित बदनाम अभियानको संज्ञा दिएका छन्।
उनका अनुसार, “माथि लगाइएका आरोपहरू पूर्ण रूपमा आधारहीन र झूटा छन्। मैले कुनै किसिमको गैरकानूनी काम गरेको छैन। यस्ता झूटा प्रचारविरुद्ध आवश्यक कानूनी कदम चाल्नेछु।”