बझाङ —
वि.सं. २०४० साल मङ्सिर १२ गते जन्मिएका नेपाली कांग्रेसका युवा नेता अभिषेक बहादुर सिंह बझाङको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनले वि.सं. २०७३ सालमा नेपाल तरुण दलको क्षत्रीय सभापतिको जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक यात्रा अघि बढाएका थिए।
सभापति बनेयता सिंह गाउँ–घरदेखि जिल्लासम्म जनतासँग घुलमिल हुँदै जनसेवामा खटिँदै आएका नेताका रूपमा परिचित छन्। स्थानीय समस्या प्रत्यक्ष रूपमा बुझ्ने र समाधानका लागि आवाज उठाउने उनको सक्रियताका कारण बझाङी जनतामाझ उनको लोकप्रियता क्रमशः बढ्दै गएको स्थानीय बासिन्दाहरू बताउँछन्।
बझाङी जनताको जनभावना र संगठनभित्रको सक्रियतालाई मध्यनजर गर्दै नेपाली कांग्रेस बझाङले अभिषेक बहादुर सिंहलाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारीमा सिफारिस गरेको छ। यसअघि उनले नेपाली कांग्रेसबाट प्रदेश सभा का उप निर्बाचन लागि उम्मेदवारी दिएका थिए, बझाङ मा उप निर्बाचन मा कडा प्रतिस्पर्धाका बीच झिनो मतान्तरले पराजय बेहोर्नु परेको थियो।
News24 Khabarसँग कुरा गर्दै नेता सिंहले बझाङ जिल्लाको विकास, समृद्धि र सुशासनका लागि जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे। उनले आफूलाई गरिएको सिफारिसलाई जनताको भरोसा र जिम्मेवारीको रूपमा लिएको बताए।
पछिल्लो समय उनी जिल्लाका विभिन्न गाउँ–घरमा पुगेर राजनीतिक भेटघाट र जनसम्पर्क अभियानलाई तिव्र बनाइरहेका छन्। यसक्रममा स्थानीय बासिन्दाहरूले “अब एकपटक अभिषेक बहादुर सिंहलाई निर्वाचनमा विजयी गराउनुपर्छ” भन्ने धारणा राख्न थालेको जनाइएको छ।
युवा ऊर्जा, संगठनात्मक अनुभव र जनतासँगको नजिकोपनका कारण अभिषेक बहादुर सिंहलाई बझाङको राजनीतिमा भविष्यका सम्भावनाशील नेताका रूपमा हेरिन थालेको छ।